एसीसी यू-१६ इस्ट जोन कप : नेपालद्वारा मलेसियालाई नौ विकेटले पराजित, उपाधिका लागि सिंगापुर भिड्ने

एसीसी यू-१६ इस्ट जोन कप : नेपालद्वारा मलेसियालाई नौ विकेटले पराजित, उपाधिका लागि सिंगापुर भिड्ने


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १९ असार २०८२
  • 7.8K
    Shares

पोखरा १९ असार २०८२।

एसीसी पुरुष यू-१६ इस्ट जोन कपको उपाधिका लागि नेपाली युवा टोलीले सिंगापुरसँग खेल्ने भएको छ।

बिहीबार भएको पहिलो सेमिफाइनलमा साविक उपविजेता मलेसियालाई ९ विकेटले हराउँदै नेपाल चौथो पटक उपाधि नजिक पुगेको थियो। मलेसियाले दिएको ९१ रनको झिनो लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो।

आजै भएको दोस्रो सेमिफाइनलमा हङकङलाई ४ विकेटले हराउँदै सिंगापुरले नेपालसँगको भेट पक्का गरेको हो। हङकङलाई हराएसँगै सिंगापुरले प्रतियोगितामा नेपालसँग दोस्रो भेट तय गरेको हो। समूह चरणमा सिंगापुर नेपालसँगमात्र पराजित भएको थियो।

नेपाल समूह ए को विजेता र सिंगापुर उपविजेताको रुपमा सेमिफाइनलमा पुगेका थिए। समुह ए का दुई टोलीले फाइनलमा स्थान बनाएसँगै समुह बी का दुवै टोली अन्तिम चारबाटै बाहिरिएका छन्।

दोस्रो सेमिफाइनलमा हङकङले दिएको १ सय ६९ रनको लक्ष्य सिगांपुरले ३८.५ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो। त्यसअघि पहिले ब्याटिङ गरेको हङकङ ४३ ओभरमा १ सय ६८ रन बनाउँदा अलआउट भयो।

प्रतिक्रिया
सम्बन्धित समाचार