एमाले नेता महेश बस्नेतले गायिका समिक्षा अधिकारीसंग मध्यराती नै माफी मागे

एमाले नेता महेश बस्नेतले गायिका समिक्षा अधिकारीसंग मध्यराती नै माफी मागे

प्रधानमन्त्रीको हौसलाले उत्साहित गायिका समिक्षा अधिकारी महेश बस्नेतको स्टाटसले बिक्षिप्त


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १५ असार २०८२
  • 10.7K
    Shares

पोखरा १५ असार २०८२।

नेता महेश बस्नेतले गायिका समीक्षा अधिकारीसँग माफी माग्दै आफ्नो अघिल्लो अभिव्यक्तिमा केही गल्ती भएको स्वीकार गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा माफी माग्दै यस्तो स्पष्टिकरण दिएका छन्:
“आजको मेरो स्टाटस आफूमाथि भइरहेको निरन्तरको प्र’हार र आ’क्रमणको सन्दर्भमा केही कुरा स्पष्ट पार्न लेखिएको थियो। सोही सन्दर्भ लेख्दा केही विषयहरू अनायास जोडिए।”
उनले थप भने: “कसैको चरित्र ह’त्या गर्ने वा बदनाम गर्ने कुनै उद्देश्य थिएन। केही पुराना पी’डा कोट्याउने पनि मनसाय थिएन। समीक्षा बहिनीको टिप्पणीप्रति संवेदनशील बन्दै, यदि मेरो अभिव्यक्तिमा कतै कमजोरी भएको छ भने म त्यसप्रति क्षमाप्रार्थी छु। बहिनीको भावना बुझेर मैले स्टाटसलाई केही संशोधन गरेको छु।”

सम्माननीय प्रधानमन्त्रीज्यू,
हजुरले लेख्नुभएको फेसबुक पोस्टले मलाई हौसला दियो र केही मात्रामा राहत पनि मिल्यो।
तर त्यो पोस्टको मसी सुक्न नपाउँदै, हजुरकै अत्यन्त विश्वास पात्र महेश बस्नेतज्यूले कुनै घटनाबाट आफूलाई चोख्याउन मेरो चरित्र हत्या हुने गरी अनेक कुरा लेख्नुभएको देख्दा म अत्यन्त विक्षिप्त बनेकी छु।
जनताको अदालत भन्दा ठुलो अरु केहि छैन।
जीन्दगीमा जानाजान हारेर पनि कसैलाई जिताएर आएकी हुँ। यो तीन करोड जनतालाई थाहा छ।धेरै भन्ने नपार्नुस्।
बस्नेत ज्यूलाई मेरो प्रश्न छ, मलाई र हजुरकी डाक्टर छोरी एकै ठाउँमा राखेर सोच्नुभएको भए के यस्तो लेख्ने हिम्मत आउथ्यो…?

यसैबीच एमाले नेता महेश बस्नेतले आफ्नो फेसबुक मार्फत गायिका समिक्षा अधिकारी समक्ष माफी मागेक अच्हन। उनी आफ्नो फेसबुकमा लेख्छन्:, “आजको मेरो स्टाटस आफूमाथि भएको निरन्तरको प्रहार र आक्रमणको बारेमा केही स्पष्ट पारेको मात्रै हुँ। सोही बिषय लेख्दा केही सन्दर्भहरू जोडिएका थिय। कसैको चरित्र हत्या गर्ने वा बदनाम गर्ने उद्देश्यले थिबिल्कुल होइन। कतिपय पुराना पीडालाई कोट्याउने मनसाय पनि थिएन।

तर समीक्षा बहिनीको टिप्पणीप्रति संवेदनशील बन्दै, यदि मेरो अभिव्यक्तिमा कतै कमजोरी भएको भए म त्यसप्रति क्षमाप्रार्थी हुँदै बहिनीको भावना बुजेर मैले स्टाटसलाई केही संशोधन गरेको छु।

प्रतिक्रिया