गएराती नक्कली प्रचण्डको मृत्यु

गएराती नक्कली प्रचण्डको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २० जेष्ठ २०८२
  • 10K
    Shares

पोखरा, २० जेठ २०८२।

टेलिशृङ्खला, प्रहसनहरूमा नक्कली प्रचण्ड बनेर अभिनय गर्ने रंग तथा कलाकर्मी घनश्याम गौतमको निधन भएको छ। गौतमको सोमबार राति निधन भएको उनको परिवारले जानकारी दिएको छ।

रंगकर्मी गौतम विगत दुई वर्षदेखि क्यान्सर रोगबाट पीडित थिए। उनको भक्तपुर ताथलीस्थित काठमाडौं क्यान्सर अस्तालमा उपचारकै क्रममा निधन भएको हो।

४३ वर्षीय कलाकर्मी गौतमले मेरी बास्सै टेली शृंखलामा लामो समय अभिनय गरेका थिए। हातेमालो सञ्चारमार्फत रंगक्षेत्रमा सक्रिय गौतम सडक नाटक, रेडियो नाटक, कचहरीका लागि समेत उत्कृष्ट कलाकार मानिन्थे।

उनी अभियान थिएटरमा पनि सक्रिय थिए। यसका अतिरिक्त उनी विभिन्न स्कुलहरूमा पनि अभिनय सिकाउने गर्दथे।

प्रतिक्रिया