लिभरपुलको विजय परेडमा सहभागी प्रशंसकमाथि कारले कुल्चिदा ४७ जना घाइते

लिभरपुलको विजय परेडमा सहभागी प्रशंसकमाथि कारले कुल्चिदा ४७ जना घाइते


  • न्यूज एजेन्सी
  • मंगलबार, १३ जेष्ठ २०८२
  • 4.2K
    Shares

पोखरा, १३ जेठ २०८२।

इङ्गल्याण्डको शीर्ष फुटबल लिग (प्रिमियर लिग) २०२४-२५ सिजनमा बिजयी बनेको लिभरपुल फुटबल क्लबले आयोजना गरेको विजय परेडमा एक व्यक्तिले तीब्र गतिमा चलाएको कारले कुल्चिदा ४७ जना घाइते भएका छन्।

लिभरपुलमा आयोजित उक्त बिजय परेडमा सहभागी फुटबल प्रशंसकहरुलाई लक्ष्यित गरेर ती व्यक्तिले कार चलाएको प्राप्त समाचारमा जनाइएको छ।

बेलायतको लिभरपुलमा एक व्यक्तिले कारले लिभरपुलका फुटबल प्रशंसकहरूलाई कुल्चेको घटनाले फुटबल जगतलाई स्तब्ध बनाएको छ । उक्त घटनामा घाइते भएका ४७ जना मध्ये २७ जनालाई अस्पताल भर्ना गरिएको र २० जनाको घटनास्थलमै उपचार गरिएको संचार माध्यमहरुले जनाएका छन्। छ ।

स्थानीय प्रहरीका अनुसार, उक्त परेडमा लाखौ मानिसहरूले भाग लिएका थिए । सोमबार साँझ स्थानीय समय अनुसार करिब ६ बजे वाटर स्ट्रिटमा एउटा कारले धेरै पैदल यात्रीहरूलाई ठक्कर दिएको थियो । लिभरपुल क्षेत्रमा बस्ने ५३ वर्षीय एक गोरा व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

बेलायती प्रधानमन्त्री केयर स्टारमरले यो घटनालाई स्तब्ध पार्ने बताएका छन् । उनले लिभरपुलका तस्बिरहरू भयानक भएको र घाइतेहरूप्रति समवेदना व्यक्त गरेका छन् ।

इङ्गल्याण्डको शीर्ष फुटबल लिग (प्रिमियर लिग) को २०२४-२५ सिजनमा, लिभरपुल ८४ अंकका साथ च्याम्पियन बन्यो । यो प्रिमियर लिगको हालको ढाँचामा लिभरपुलको दोस्रो ट्रफी हो ।

प्रतिक्रिया