बिरामी छोराको कुरुवा बसेका कलाकार जयकृष्ण बस्नेत अचानक अस्पतालमै ढले

बिरामी छोराको कुरुवा बसेका कलाकार जयकृष्ण बस्नेत अचानक अस्पतालमै ढले


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ११ जेष्ठ २०८२
  • 25.2K
    Shares

अचानक बिरामी परेका कलाकार जयकृस्ण बस्नेत

पोखरा, ११ जेठ २०८२।

बिरामी परेका छोराको कुरुवा बसेका कलाकार जयकृष्ण बस्नेत अचानक अस्पतालमै ढलेका छन्। काठमाण्डौको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पताल (केएमसीमा)मा उपचार गराइरहेका छोराको बिरामी कुरुवा बसेका बस्नेत शनिबार साँझ अचानक ढलेपछि उनलाई सोही अस्पतालमा भर्ना गरिएको छ ।

उनलाई अहिले सर्जरी विभागमा भर्ना गरेर उपचार भैरहेको अस्पताल स्रोत र परिवारले जानकारी दिएको छ ।

दाजु शोभित बस्नेतले भाइ जयकिसनमा पनि पत्थरी देखिएको अप्रेसन गर्ने तयारी भैरहेको जानकारी दिए।
अस्पतालको इमर्जेन्सीमा कार्यरत एक चिकित्सकका अनुसार शनिबार साँझ बस्नेत धेरै पेट दुख्यो भन्दै इमर्जेन्सीमा पुगेका थिए । उनको जाँच गर्दा पित्तथैलीमा स्टोन देखिएको थियो । साथै प्याङ्क्रियाजमा फुलेको जस्तो देखिएको थियो ।

केही दिनअघि सोही अस्पतालमा शल्यक्रिया गराएको छोराको कुरुवा बसेका थिए । सामान्य उपचार गराएर राति फर्किएका जयनकिसनलाई राति ज्वरो आउने लगायतका समस्या देखिएको थियो । उनको जण्डिस केही बढेको देखिएको र कलेजोमा समस्या देखिएको चिकित्सकले बताए ।

प्रतिक्रिया