पोखरा, १४ बैशाख २०८२।
जम्मु-कश्मीरमा भारतीय सुरक्षा बलले “आतंककारी” का आठ वटा घर भत्काई दिएको छ ।
२६ जना मारिने गरी भएको आतंकवादी हमलापछि सर्च अभियान संचालन गरेको भारतीय सुरक्षा बलले “आतंककारी” को घर भन्दै आठ वटा घर भत्काई दिएको दैनिक भास्करले समाचार लेखेको छ ।
अर्कातर्फ केन्द्र सरकारले सबै मिडिया प्लेटफर्म, समाचार एजेन्सी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई रक्षा अपरेसनको प्रत्यक्ष कभरेज गर्न र सुरक्षा अभियानको विस्तृत देखाउन प्रतिबन्ध लगाएको छ।
कुलगामबाट आतंककारीको सहयोगी भएको आरोप लगाएर भारतीय सुरक्षा बलले दुई जनालाई पक्राउ गरेको प्राप्त समाचारमा जनैएको छ।
जम्मु-कश्मीरमा सक्रिय १४ आतंककारी भन्दै सुरक्षा बलले सूची पनि जारी गरेको छ। उता गुजरातमा पनि अवैध रूपमा भारत आएको आरोपमा ५०० जना पक्राउ गरिएको समाचार सार्वजनिक भएको छ।