बलिउड अभिनेत्री भाग्यश्री दुर्घटनामा परेर घाइते

बलिउड अभिनेत्री भाग्यश्री दुर्घटनामा परेर घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २ चैत्र २०८१
  • 4.7K
    Shares

पोखरा , २ चैत २०८१।

बलिउड अभिनेत्री भाग्यश्री दुर्घटनामा परेर घाइते भएकी छिन। अभिनेता सलमान खानसँग ‘मेंने प्यार किया’ मा अभिनय गरेकी अभिनेत्री भाग्यश्री पिलकबल खेल्ने क्रममा घाइते भएकी हुन्।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनको टाउकोमा गहिरो चोट लागेपछि सर्जरी गरिएको छ। उनको टाउकोमा १३ टाका लगाइएको छ।

सामाजिक सञ्जालमा भाग्यश्रीको तस्बिर भाइरल भइरहेको छ। जसमा उनी अस्पतालको बेडमा सुतिरहेकी देख्न सकिन्छ। तस्बिर सार्वजनिक भएपछि उनका फ्यानहरूले स्वास्थ्य लाभको कामना गरिरहेका छन्।

भाग्यश्रीले सलमानसँग सन् १९८९ मा आएको फिल्म ‘मेंने प्यार किया’ बाट डेब्यू गरेकी थिइन्। यो फिल्मले बक्स अफिसमा सफलता हासिल गरेको थियो। तर विवाहपछि उनी फिल्म क्षेत्रबाट टाढिइन्।

पछिल्लो समय उनी कंगना रनावतसँग फिल्म ‘थलाइवी’ र प्रभास र पूजा हेगडेसँग फिल्म ‘राधे श्याम’ मा देखिएकी थिइन्। यी बाहेक उनले मराठी, तेलुगु र कन्नड फिल्ममा पनि काम गरेकी छन्।

प्रतिक्रिया