पोखरा, १० फागुन २०८१।
अभिनेता दिलीप रायमाझीका पिता आनन्दकुमार रायमाझीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। रायमाझीको गएराति कीर्तिपुर अस्पतालमा निधन भएको हो।
७८ वर्षका उनी लामो समयदेखि विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका थिए। बुबाको स्वास्थ्य अवस्था चिन्ताजनक भएपछि अमेरिकामा रहेका दिलीप शुक्रबार राति काठमाडौँ आइपुगेका थिए।
बुबाको स्वास्थ्य अवस्था चिन्ताजनक भएपछि ‘मेरो डान्स युनिभर्स’ को अडिसनको सिलसिलामा अमेरिकामा रहेका दिलीप शुक्रबार राति काठमाडौं फर्किएका थिए।