गायिका शान्तिश्री परियार भाडाको घरबाट चार करोड मूल्य पर्ने आफ्नै घरमा सरिन्

गायिका शान्तिश्री परियार भाडाको घरबाट चार करोड मूल्य पर्ने आफ्नै घरमा सरिन्


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २९ माघ २०८१
  • 10K
    Shares

पोखरा, २९ माघ २०८१।

चर्चित गायिका शान्तिश्री परियार भाडाको घरबाट चार करोड मूल्य पर्ने आफ्नै घरमा सरेकी छिन्।

काठमाण्डौको सामाखुसीस्थित भाडाको घरमा बस्दै आएकी गायिका शान्तिश्री परियार काठमाडौंको गोंगबुस्थित गणेशस्थानमा चार करोड मूल्य पर्ने आफ्नै घरमा सरेकी हुन्।

रोल्पाको दुर्गम गाउँको निम्न मध्यमवर्गीय परिवारमा जन्मिएकी उनले कलाकर्मबाटै सम्पत्ति जोड्न सकिन्छ भन्ने सन्देश पनि दिएकी छन्।

२०६८ सालमा धादिङका नारायण भुजेलसँग विवाह गरेकी परियार दम्पतीसँग ४ वर्षकी एक छोरी पनि छिन्।

प्रतिक्रिया