पोखरा , १७ माघ २०८१।
‘एक्टर’ र ‘एक्टर : टेक वन’ फिल्मका निर्माताबीच देखिएको बिबाद सहमतिमा टुंगिएको छ। सहमति सँगै एकटर टेक वान चलचित्रलाई प्रदर्शन गर्न बाटो खुलेको छ ।
त्यस्तै उनीहरुबिच एक्टरः टेक वान का निर्माता तथा चलचित्र विकास बोर्डविरुद्धको काठमाडौँ जिल्ला अदालतमा रहेको मुद्दा पनि फिर्ता लिने सहमति भएको छ ।
विहीबार नेपाली डायस्पोरा ईन्टरटेनमेन्टस प्रालिका सम्राट थापा,अदृत फिल्मस् प्रालिका थमनकुमार भण्डारी र मोती फिल्म प्रालिका मोती कार्कीले संयुक्त विज्ञप्ति जारी गर्दै विवाद सहमतिमा टुंग्याएको जनाएका छन् ।
