क्रिकेटर सन्दीप लामिछानेको हर्नियाको शल्यक्रिया सफल

क्रिकेटर सन्दीप लामिछानेको हर्नियाको शल्यक्रिया सफल


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ९ माघ २०८१
  • 7.8K
    Shares

पोखरा,९ माघ २०८१।

क्रिकेटर सन्दीप लामिछानेको हर्नियाको शल्यक्रिया सफल भएको छ। काठमाण्डौको बालाजुस्थित सिल्भरलाइन अस्पतालमा उनको केही बेरअघि हर्नियाको सफल शल्यक्रिया गरिएको हो।

विगत चार वर्षदेखि हर्नियाको समस्याबाट पिडित क्रिकेटर सन्दीप लामिछानेको करिब करिब डेढ घण्टा लगाएर डा. दिपक शर्मा नेतृत्वको टोलीले शल्यक्रिया गरेको थियो । शल्यक्रियामा सन्दीपलाई पुरै बेहोश बनाइएको थियो ।

सन्दीप ४/५ दिन अस्पतालमा बस्नुपर्ने अस्पतालका प्रवन्धक डा. अभिषेक राज सिंहले बताए । उनी कम्तिमा एक महिना मैदान बाहिर रहने छन् ।

पेटभित्रका अंग फुलेर बाहिर गाँठोजस्तो देखिने समस्यालाई हर्निया भनिन्छ । पेटको मांसपेशीकमजोर हुँदै गएर प्वाल परेपछि हर्निया हुन्छ । उक्त प्वालबाट पेटभित्रको बोसो आन्द्रा सुन्निएर आउँछ र गाँठो जस्तो देखिन्छ ।

हर्नियाको उपचारमा ढिलाइ भएमा बिस्तारै आन्द्रा कुहिन सक्ने चिकित्सकहरु बताउँछन् । हर्निया शरीरको विभिन्न भागमा धेरै किसिमको हुन सक्छ । फाइल चित्र

प्रतिक्रिया