आइसीसी महिला यु-१९ विश्वकप : नेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित

आइसीसी महिला यु-१९ विश्वकप : नेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ७ माघ २०८१
  • 3.4K
    Shares

पोखरा,७ माघ २०८१।

आइसीसी महिला यु-१९ विश्वकपको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। मलेसियामा सोमबार भएको खेलमा नेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित भएको हो।

टस जितेर ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा अलआउट हुँदै ७३ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको स्कटल्यान्डले १८.५ ओभरमा नौ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो।

स्कटल्यान्डका लागि पिप्पा स्प्रउलले सर्वाधिक ३५ रन बनाइन्। त्यस्तै गब्रेइल्ला फोन्टेन्ला १२ रन र क्रिस्टी म्याकुल ६ रनमा अविजित रहे। नेपालका लागि रचना चौधरी र समा केसीले २-२ विकेट लिए भने पूजा महतो र क्रिस्मा गुरुङले १-१ विकेट लिए।

यसअघि नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २ रन बनाइन् भने साबित्री गौतमले १० रन बनाइन्। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो।

प्रतिक्रिया