पोखरा,६ माघ २०८१।
गायिका समिक्षा अधिकारीले श्री एयरलाई गाली गरेर सामाजिक संजालमा स्टाटस लेखे पछि दोहोरी गायिका ज्योति मगरले गायिका अधिकारीलाई ‘पाखे’ भन्दै प्रत्वाद गरेकी छिन।
गायिका समीक्षा अधिकारीले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै श्री एयरलायन्सले यात्रुलाई एयरपोर्टमा अलपत्र पारेको भन्दै गुनासो गरेकी छिन्। उनले आइतबार बिहान ८ बजेको प्लेन १ बजेसम्म उडान नभएको भन्दै सामाजिक सञ्जालमा आक्रोश पोखेकी हुन्।
‘मौसम खराबीले उडान प्रभावित हुनु त स्वाभाविकै हो। तर, एयरपोर्ट खुलिसक्दा पनि बिहान ८ बजेको प्लेन अब दिउँसो २ बजे मात्रै उड्छ भन्दै श्री एयरलायन्सले यात्रुलाई एयरपोर्टमै अलपत्र पारेको छ। अन्य एयरलायन्सले धमाधम प्लेन उडाईरहेका छन्,’उनले उल्लेख गरेकी छिन्।
केही दिनअघि पनि श्री एयरलायन्सको फ्लाइट डिले हुँदा नेपालगञ्जको कार्यक्रम नै छुटेको उनको गुनासो छ। साथै यस्ता जनतालाई दु:ख दिने एयरलाइन्सको काम नरहेको भन्दै उनले आक्रोस व्यक्त गरेकी छन्।
यता गायिका समिक्षा अधिकारीले श्री एयरलाइन्सलाई गाली गर्दै स्टाटस राखेको दुई घण्टा बित्न नपाउदै दोहोरी गायिका ज्योति मगरले त्यसको प्रतिबाद गरेकी छिन।
दोहोरी गायिका मगरले आफु एकै दिन हवाई जहाज मार्फत तीन-चार वटा जिलाहरुमा पुगेको आफ्नो अनुभव सार्वजनिक गर्दै गायिका समिक्षा अधिकारीतिर न्गित गरेर “भर्खर भर्खर पिलेन चढ्न थालेका कलाकारहरु आजकल आफुलाइ भयंकर ठूलो स्टार सम्झेर अधिकाँश एरलाइन्सलाई गाली गर्दै आक्रोश पोख्ने गरेकोमा कटाक्ष गरेकी छिन्। .
एयरलेन्सहरुले जानी जानी यात्रीलाई दुख दिदानन भन्दै गायिका ज्योति मगरले , आफ्नो स्टाटसमा “नेपालको एयर्पोर्ट एर्लाइन्सहरुको बारेमा बुझ, पाखेहरु कुनै पनि एयर्लाइन्सहरुले जानी जानी दु:ख दिदैनन एयर्पोर्ट सानो छ, अन्तरास्ट्रिय उडानदेखि डोमेस्टिक उडान एउटै रनवयमा हुन्छ विभिन्न टेक्निकल कुराहरु हुन्छन जहाजहरु उड्न उडाउन पार्किङ गर्न सबै कुराको अनुमति दिने निश्चित निकायहरु हुन्छन। एउटा प्यासेन्जरले सिटबेल्ट मात्रै लाउन नमानिदिदा टेकअफ पोइन्टमा पुगेको जहाजसम्म फर्काउनु पर्ने सास्ती एयर्लाइन्सवालाले भोग्नु पर्छ। ” भनेकी छिन
‘साझा बस चढेर ड्राइभरलाई बस स्टाफलाई मन लागि गाली गर्या जस्तो होइन। फलानो एयर्लाइन्स ठिक छ फलानो एयर्लाइन्स धोकेबाज भन्दै मनघनन्ते फाल्तु कुरा गर्नु बेकुफी हो” भन्दा गायिका ज्योति मगरले गायिका समिक्षा अधिकारीलाई हवाई क्षेत्रको नयाँ नियम सम्झाउदै “प्रिय कलाकारहरु आजभोलि एउटा नियम छ एयर्पोटभित्र जाहाजको वरिपरी फोटो खिच्न पाइदैन जहाजतिर फर्केर फोटो खिचेर आफुलाइ भयङ्कर ठूलो ब्यस्त कलाकार नदेखाउनु होला। ” भनेकि छिन।
उनले आफ्नो स्टाटसको अन्त्यमा “कलाकार हुनुभन्दा अगाडि नियम कानुन पालना गर्ने सभ्य नागरिक बनौ धन्यवाद तोर्पे ज्यु हरु…नोट: र यो स्टाटस पुरा पढौ केही कुरा सिकौ र सिकाउ। ” लेखेकी छिन