४२ हजार फिटको उचाइमा सुत्केरी व्यथाले च्यापेपछि

४२ हजार फिटको उचाइमा सुत्केरी व्यथाले च्यापेपछि


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २७ चैत्र २०७३
  • 18.4K
    Shares

चैत्र २७, २०७३- टर्किस एयरलाइन्सको बोइङ ७३७ शनिबार गुइनाको राजधानी कन्क्रीबाट बुर्कना फस्कोको राजधानी हुँदै ओगाडोगो हुँदै स्तनबुलका लागि उडेको थियो । तर, उडेको केही समयमा नै एउटा अनपेक्षित घट्ना भयो ।

बीबीसीले टर्किस एयरलाइन्सको बिज्ञप्ती उल्लेख गर्दै लेखे अनुसार विमानमा सवार नाफी डियबी नामक एक २८ बर्षीया यात्रुलाई सुत्केरी व्यथाले च्याप्यो । जहाज ४२ हजार फिटको उचाइमा ति महिलाले छोरीको जन्म दिइन् ।

जहाज बुर्किना फास्कोको राजधानीमा अवतरण गरियो र कादिजु नामक छोरी र आमा दुवै जनालाई अस्पताल लगियो ।
संगै यात्रा गरिरहेकी सहयात्रीलाई सुत्केरी व्यथा लागेपछि अरु यात्रीहरु र विमानमा रहेका परिचारिकाहरुले पनि सहयोग गरेको बताइएको छ ।

प्रतिक्रिया