पोखरा,१२ पुष मंसीर २०८१।
श्रीमती कुवेतमा रहेका धादिङको गजुरी गाउँपालिका–३ घर भई हाल काठमाडौँ–१४ स्थित खड्कागाउँमा बस्दै आएका २४ वर्षीय विश्वास तामाङ अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन्।
आफ्नै गाउँकी नाताले बहिनि पर्ने धादिङको गजुरी गाउँपालिका–४ घर भएर सतुंगल बस्ने १७ वर्षीया सरिता तामाङको वलात्कारपश्चात हत्या गरेको आरोपमा तामाङ काठमाण्डौ प्रहरीको हिरासतमा परेका हुन्।
चन्द्रागिरि नगरपालिका–११ सतुंगल स्थित विष्णुदेवी माविमा कक्षा १० मा अध्ययनरत सरिता तामाङगएको पुष ३ गते चन्द्रागिरी नगरपालिका–१० स्थित बीरेन्द्र श्रेष्ठको घरमा मृत फेला परेकी थिईन। शव फेला परेको कोठा उनकै डेरा हो। उनलाई काठमाडौँमा बसेर ज्याला मजदुरीको काम गर्दै आएका विश्वास तामाङले वलात्कार गरे पछि हत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ।
प्रहरीका अनुसार, गाउँले बहिनीको हैसियतमा बिश्वास सरिता तामाङको डेराकोठामा बेला – बेलामा जाने गर्दथे। सोही क्रममा मंसिर २८ गतेको साँझ करिव ६ बजे पनि उनी सरिताको डेरामा पुगेका थिए। विश्वास पुगेपछि कोठामा एक्लै रहेकी सरिताले उनीसँग इन्टरनेट चलाउन पर्सनल हटस्पट मागिन। मोबाइल डाटा प्रयोग गरेर उनले हटस्पट सेयर गरे। अनि, पोर्न फिल्म देखाएर यौन सम्वन्ध राख्न खोजे।
किशोरीले ‘मान्छेले थाहा पाउँछन्’ भनेपछि उनले ‘औषधी किनिदिन्छु’ भनेर आश्वस्त पार्न खोजेका थिए। तर, पनि किशोरी तयार नभएपछि उनले बलात्कार गरे। पोर्न फिल्म देखाएर किशोरीलाई बलात्कार गरेको कुरा विश्वासले प्रहरी समक्ष स्विकार पनि गरेका छन्।
बलात्कार गरी सकेपछि घटना बाहिरिने डरले उनले घाँटी थिचेर किशोरी हत्या गरेको अनुसन्धानमा संलग्न अधिकृतहरूको भनाइ छ। किशोरीले प्रतिकार गर्ने क्रममा विश्वासको घाँटीमा चिथोरिएको दाग समेत लागेको छ। हत्यापछि शव लो–वेड (खाट)मुनि लुकाएर कोठबाट वाहिरएका उनले ढोकामा ताला लगाई जुत्तामुनि साँचो राखेर हिँडेका थिए।
घट्नाको दुई दिनपछि किशोरीका दाजु कोठामा पुगेका थिए। उनले बहिनी नदेखेपछि खोजतलासको माग गर्दै प्रहरीमा निवेदन दिए। मंसिर २९ गतेको राति १२ बजेदेखि वहिनी सम्पर्कविहिन भएको भन्दै दाई नवीन रुम्बा तामाङले पुष १ गते प्रहरीमा निवेदन दिएपछि खोजतलास सुरु भएको थियो।
खोजी गर्ने क्रममा पुष ३ गते दिउँसो करिव ३ बजे उनको शव फेला परेको थियो। कोठाभित्र गन्ध आएपछि खोलेर हेर्दा सरिता मृत अवस्थामा फेला परेकी थिइन्। हत्यापछि विश्वासले किशोरीको फोन बोकेर गएका थिए। सोही फोनका कारण जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले शव भेटिएको करिब दुई घण्टापछि नै विश्वासलाई कोठाबाटै पक्राउ गरेको थियो।