लागू औषधसहित पोखराबाट पक्राउ परे आनन्द

लागू औषधसहित पोखराबाट पक्राउ परे आनन्द


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १२ पुष २०८१
  • 5.1K
    Shares

लागू औषधसहित पक्राउ परेका आनन्द साई

पोखरा,१२ पुष मंसीर २०८१।

अबैध लागू औषधसहित पोखराबाट एक जना युवा पक्राउ परेका छन्। पोखरा महानगरपालिका वडा नं.१ कस्केरी बस्ने वर्ष ४१ को आनन्द साई अबैध लागू औषधसहित पोखराबाट पक्राउ परेका हुन्।

अभियुक्त सईलाई जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलिले गएको मंगलबार साँझ पौने छ बजेको समयमा अबैध लागू औषधसहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

लागू औषध कारोवार तथा विक्री बितरण गर्ने गरेको सूचना पाएको प्रहरी टोलीले अभियुक्त साईको घरकोठा खानतलासी लिँदा निज सुत्ने कोठाको भित्तामा कालो झोलाभित्र लुकाई छिपाई राखेको लागू औषध डाईजापाम- ४८ एम्पूल, फेनेरागन- ४४ एम्पुल, नुर्फिन- २० एम्पूल र ब्रुफिनर्फिन- २१ गरी जम्मा एकसय ३३ एम्पुल र तीन सय ग्राम लागू औषध गाँजा समेत बरामद भएको प्रहरीको दाबी छ।

अभियुक्त साईबिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार