पोखरा,१० पुष मंसीर २०८१।
मोरङको कटहरी गाउँपालिका-२ स्थित बाँसको झ्याङमा अचेत अवस्थामा भेटिएकी युवतीलाई वलात्कार गरेको आरोपमा प्रहरीले एक भारतीयसहित तीन जनालाई पक्राउ गरेको छ।
बाँसको झ्याङमा सलले मुख थुनेर हातखुट्टा बाँधेको अवस्थामा अचेत अवस्थामा भेटिएकी मोरङको जहदा गाउँपालिका-३ की २३ वर्षीय महिला ती युवतीलाई वलात्कार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको हो।
अचेत अवस्थामा भेटिएर उद्धार गरिएकी महिलाको बयानका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ पर्नेहरुमा कटहरी गाउँपालिका-२ का १९ वर्षीय मोहम्मद रमजान सोही स्थानका १९ वर्षीय सोनुकुमार साह र भारतको अररीया कुशाकट्टा बस्ने १९ वर्षीय मो गुल्जार रहेका प्राप्त समाचारमा जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी बेदप्रकाश जोशीले पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको बताए ।
मंगलबार दिउँसो पराल लिन गएकी महिलाले हातखुट्टा बाँधेको अवस्थामा ती महिलालाई भेटेपछि प्रहरीलाई खबर पुगेको थियो । स्थानीयको सहयोगमा प्रहरीले महिलाको उद्धार गरी कोशी अस्पताल भर्ना गरेको थियो । महिलाको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।
प्रहरीका अनुसार घरबाट शौच गर्न निस्किएकी महिलालाई तीन जनाको समूहले सिटी सफारीमा राखी कटहरी-२ स्थित बाँस झ्याङमा लगेर हातखुट्टा बाँधेर जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । घटनाको विषयमा प्रहरीले सूक्ष्म रुपमा अनुसन्धान गरिरहेको मोरङ प्रहरी प्रमुख नारायण चिमरीयाले जानकारी दिए ।