पोखराबाट मोटरसाइकल चोरी गरेर चितवनतिर लैजाँदै गरेका पांच युवा तनहुँमा पक्राउ

पोखराबाट मोटरसाइकल चोरी गरेर चितवनतिर लैजाँदै गरेका पांच युवा तनहुँमा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ९ पुष २०८१
  • 10K
    Shares

पोखरा,९ पुष मंसीर २०८१।

पोखराबाट मोटरसाइकल चोरी गरेर चितवनतिर लैजाँदै गरेका पांच युवा तनहुँमा पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बन्दीपुरको टोलीले चितवनतिर लैजाँदै गरिएका तीन वटा चोरीका मोटरसाइकल सहित पांच जना युवालाई तनहुँको बन्दीपुर गाउँपालिका-२ पौवाबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार , पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका-५ कल्याणपुर बस्ने २१ वर्षीय विनायक विश्वकर्मा, सोही ठाउँ बस्ने १८ वर्षीय विश्व पुन मगर, १९ वर्षीय अनिश श्रेष्ठ, भरतपुर महानगरपालिका-१५ फूलबारी बस्ने १८ वर्षीय आयुष बयलकोटी, भरतपुर महानगरपालिका-५ कल्याणपुर बस्ने २० वर्षीय अर्जुन श्रेष्ठ रहेका छन्।

पौवामा सवारी जांच गर्ने क्रममा नम्बर प्लेट नभई चलाई ल्याएको तीन वटा मोटरसाइकल भेटिए पछि सोधखोज गर्दै जाँदा उनीहरु पक्राउ परेका इलाका प्रहरी कार्यालयबाट प्रहरी नायव निरीक्षक उदयश्वर अधिकारीले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार