हिरासतमुक्त गराइदिने भन्दै भारु साढे ३९ हजार लिने गिरोहका तीन जना पक्राउ

हिरासतमुक्त गराइदिने भन्दै भारु साढे ३९ हजार लिने गिरोहका तीन जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ६ पुष २०८१
  • 4.7K
    Shares

पोखरा,६ पुष मंसीर २०८१।

प्रहरी हिरासतमा रहेका अभियुक्तलाई थुनामुक्त गरिदिने प्रलोभन दिएर रकम ठगी गर्ने गिरोहका तीन जनालाई प्रहरीले कैलालीबाट पक्राउ गरेको छ।

लागूऔषध मुद्दामा पक्राउ परेर हाल जिल्ला प्रहरी कार्यालय कैलाली धनगढ़ीको हिरासतमा रहेका एक जना थुनुवालाई थुनामुक्त गरिदिने प्रलोभन दिएर रकम ठगी गरेको आरोपमा कैलालीबाट तीन जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरुमा कैलालीकै गौरीगंगा नगरपालिका–७ का २९ वर्षीय रुपक साउँद, सोही स्थानका २२ वर्षीय रमेश साउँद र १९ वर्षीय हर्क साउँद रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

उनीहरुले लागू औषध सम्बन्धी मुद्दाका एक जना थुनुवालाई हिरासतमुक्त गरिदिने भन्दै थुनुवाका परिवारका सदस्यबाट शुक्रबार साँझ ३९ हजार ५ सय भारु लिएको प्रहरीले दाबी गरेको छ। उनीहरूमाथि अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया
सम्बन्धित समाचार