पोखरा,६ पुष मंसीर २०८१।
गायिका समीक्षा अधिकारीले आफ्नो चरित्रहत्या हुने गरी भिडिओ बनाइएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन्।
एआई प्रयोग गरी आफ्नो चरित्रहत्या हुने भिडिओ बनाएर भाइरल पारिएको थाहा पाएपछि कानुनी उपचार खोजिएको समीक्षाले बताएकी छन्।
शनिबार बिहान गायिका अधिकारीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘एआई प्रयोग गरी मेरो चरित्रहत्या हुने भिडिओ बनाएर भाइरल गरिएको देखेँ। यत्तिकै सिर्जनशीलता र समय राम्रो काममा खर्चिएको भए तपाईंहरू (जसले भिडिओ बनाए) को वर्तमान र भविष्य उज्वल हुने थियो। मैले पनि कानुनी उपचार खोज्नुपर्ने थिएन।’