पोखरा,४ पुष मंसीर २०८१।
राजावादीहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरुले गएराती पोखराको औद्योगिक क्षेत्र नजिक रहेको पोखरा स्वागत गेट भत्काउन रोकेका छन्।
दुई वटा चेनवाला स्काभेटर र तीन वटा हेवी त्ट्रिपर लिएर उक्त स्वागत गेट भत्काउन औद्योगिक क्षेत्र पुगेको पोखरा महानगरका प्रहरी र नेपाल तथा सशस्त्र प्रहरी टोलीलाई राप्रपाका नेता कार्यकर्ताहरुले गेट भत्काउन रोकेका हुन्।
ठुलो संख्यामा सशस्त्र प्रहरीको टोलीसहितको ठुलो संख्याको सुरक्षाकर्मी लिएर पोखरा स्वागतगेट भत्काउन पुगेको पोखरा महानगरको महानगरीय प्रहरी टोली राप्रपाका नेता कार्यकर्ताको बिरोध पछि त्यतिकै फर्किएको थियो।
पोखरा स्वागत गेट भत्काउन अवरोध गरेका राप्रपाका नेता तथा कार्यकर्ताहरुले तात्कालिन राज बीरेन्द्रले राज्याभिषेक गरेको अवसरमा २०२८ सालमा बनेको उक्त ऐतिहासिक गेट महानगरले सुरक्षित तरीकाले उचित ब्यबस्थापन गर्न माग गरेका थिए।
राप्रपाका नेता कार्यकर्ताहरुले पोखरा स्वागत गेटको सुरक्षित तरीकाले उचित ब्यबस्थापनको माग गरिरहदा पोखरा महानगरपालिका वडा नम्बर १० का वडा सदस्य पूर्णभद्र पौडेलले ऐतिहासिक उक्त स्वागत गेटलाई अन्यत्र स्थानान्तर गर्ने कुराको आफूहरुलाई मान्य नहुने बताए।
बिबादका बीच पोखरा महान्गेरपालिकाका कार्यबाहक मेयर मंजुदेवी गुरुङके बिरोध गरिरहेका राप्रपाका नेता तथा कार्यकर्ताको माग बमोजिम सहमति गरेर उक्त स्वागत गेट भत्काउने गरी रातमा पोखरा स्वागत गेट भत्काउने काम रोक्न सहमति जनाएकी थिइन् ।
उक्त सहमति पछि आज बिहान सर्वपक्षीय छलफल गरेर सहमतिमा उक्त ऐतिहासिक स्वागत गेट भत्काउने तयारीमा पोखरा महानगरपालिका लागेको बताइएको छ।