नामुद भारतीय डाँका नेपाल – भारत सीमाबाट घाइते अवस्थामा समातिए

नामुद भारतीय डाँका नेपाल – भारत सीमाबाट घाइते अवस्थामा समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १ पुष २०८१
  • 5.7K
    Shares

एकजना नामुद भारतीय डाँका नेपाल – भारत सीमाबाट घाइते अवस्थामा समातिएका छन्। भारतीय नागरिक आरिफ खान भन्ने आरिफ हुसेनलाई सिरहा नगरपालिका-१७ माडरस्थित दशगजा क्षेत्रबाट शनि बार बिहान ४ बजे हात खुट्टासहित शरीरका विभिन्न भागमा चोट लागेको घाइते अवस्थामा प्राहरीले समातेको हो।

प्रहरीका अनुसार, नेपालसहित भारतको विभिन्न स्थानमा भएका डाँका, लुटपाट तथा संगठित अपराध मुद्दामा प्रतिवादी रहेका उनी फरार रहँदै आएका थिए । महोत्तरी जिल्लास्थित महोत्तरी गाउँपालिका-२ स्थित एनएमबी बैंकको शाखामा २०८० जेठ १६ मा भएको लुटपाट घटनामा पनि उनी प्रतिवादी रहेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र पासवानले बताए । त्यस शाखाबाट ५ जनाको हतियारधारी समूहले पेस्तोल देखाउँदै ३८ लाख लुटपाट गरेको थियो ।

यस्तै, २०७९ फागुन १० मा सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ३ स्थित बतहा पुलमा पैसा बोकेर गइरहेका ग्लोबल आइएमई बैंकका कर्मचारीलाई पेस्तोल देखाई उनको साथबाट ९ लाख रुपैयाँ लुटेर फरार भएको घटनामा पनि उनी प्रतिवादी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उनीमाथि भारतको थुप्रै स्थानमा समेत हातहतियार, लुटपाटलगायतका मुद्दा दर्ता छ । भारतीय प्रहरीले उनलाई पक्राउ गर्ने २५ हजार पुरस्कार दिने घोषणा गरेको समेत बुझिएको सिरहा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार