झापामा गएराती भएका दुर्घटना : तीनजनाको मृत्यु

झापामा गएराती भएका दुर्घटना : तीनजनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १ पुष २०८१
  • 6.7K
    Shares

पोखरा,१ पुष मंसीर २०८१।

झापामा गएराती भएका दुई छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

झापाको सेतुमारी चोकबाट बालुबथानतर्फ जाँदैं गरेको प्रदेश न. १–०१–०१५ प १७९३ नम्बरको मोटरसाइकल गएराति १०.१० बजे दमक नगरपालिका वडा न.१० सेतुमारी चोकनजिक भित्री सडकखण्डमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।

उक्त दुर्घटनामा परेर मोटरसाईकल चालक मोरङ रतुवामाई नगरपालिका वडा न. ८ बस्ने २७ वर्षीय बिराज थापा घाइत्रे भएका छन् भने सोही मोटरसाइकलमा सवार गौरादह नगरपालिका वडा न.५ बस्ने ३२ वर्षीया जमुना धिमाल र सोही ठाउँ बस्ने २५ वर्षीया मनचरी राई भनिने ओम कुमारी राईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मोटरसाइकल चालक थापालाई थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको छ ।

त्यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत शिवसताक्षीमा सडक निर्माणका लागि बनाइएको डाइभर्सनमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। हिजो साँझ अन्दाजी ७ बजेको समयमा शिवसताक्षी नगरपालिका वडा नम्बर–१० किरात चौकस्थित पूर्वपश्चिम राजमार्गमा को २ त ४१४५ नम्बरको ट्रयाक्टर रोकिराखेको अवस्थामा सोही पूर्व दिशातर्फ आउँदै गरेको मे ९ प ६२४ नम्बरको मोटरसाइकल ट्रयाक्टरको पछाडीको भागमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर नगरपालिका वडा नम्बर–५ बस्ने ४२ वर्षीय सन्तोषकुमार लिम्बू र सोही मोटरसाइकलमा पछाडी सवार दमक नगरपालिका वडा नम्बर–५ बस्ने ३५ वर्षीया अनिता राई घाइते भएका थिए ।
घाइते दुबैलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा साँझ ७ः२० बजे मोटरसाइकल चालक लिम्बूको उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुन सोडारीले बताए । सो ट्रयाक्टर कालिका कन्स्ट्रक्सनको भएको र ट्रयाक्टर चालक तत्काल फरार रहेकाले खोजतलास भइरहेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार