पोखरा,२९ मंसीर २०८१।
बुटवलमा अर्घाखाँची क्याटरिङको लु२च २४८० नम्बरको बलेरो जिप दुर्घटना हुँदा एक दम्पतीसहित तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको तिनाउ पुलमा भएको दुर्घटनामा परेर एक दम्पतीसहित तीन जनाको मृत्यु भएको हो ।
उक्त दुर्घटनामा परेर बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
गौरी खनाललाई दमको उपचारका लागि नयाँ गाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल ल्याउने क्रममा उक्त जिप पुलको डिभाइडरमा ठोक्किएर पल्टिएको प्राप्त जानकारीमा उल्लेख छ। पुल क्रस गरिसकेपछिको मोडमा जिप दुर्घटनामा परेको उनले बताए । शव पोष्टमार्टमा लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।