रौतहट स्कर्पियो दुर्घटना अपडेट : मृतक आठै जनाको सनाखत, सिरहाको बंठियाटोल शोकमग्न

रौतहट स्कर्पियो दुर्घटना अपडेट : मृतक आठै जनाको सनाखत, सिरहाको बंठियाटोल शोकमग्न


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २५ मंसिर २०८१
  • 5.6K
    Shares

पोखरा,२५ मंसीर २०८१।

यतिबेला सिरहाको र्नामा गाउँपालिका–३ बंठियाटोल शोकमग्न भएको छ। बाराको गढीमाई दर्शन गरेर घर फर्कँदै गरेका बंठियाटोलका बासिन्दा चढेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने धन्सार–लमाहा खण्डमा मंगलबार बिहान दुर्घटनाग्रस्त हुँदा सो टोलका आठ जनाको निधन भए पछि टोल नै शोकमग्न भएको हो।

उक्त दुर्घटनामा मृत्यु हुने अर्नामा गाउँपालिका–३ बंठियाटोलका ६० वर्षीया लरुवती देवी महरा, ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगींदेवी महरा, ६२ वर्षीया फुलमन्तिदेवी चमार, ६० वर्षीया रामकुमारीदेवी महरा, ३० वर्षीया सकुन्तला देवी महरा र ४० वर्षीय स्कर्पिओ चालक श्रीकुमार यादव रहेका जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी दिलिप घिमिरेले जानकारी दिए। सोहि दुर्घटनामा परी घाइते भएका ५ जनाको उपचार भइरहेको छ।

बाराको गढीमाई दर्शन गरेर सिराहा फर्कँदै गरेका दर्शनार्थी बोकेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो चन्द्रपुर–४ स्थित धन्सारपुल नजिक जंगलमा अनियन्त्रित भई सडकबाट तल झेरे रुखमा ठोक्किएर दुर्घटना भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार