घोरलको सिङसहित युक्रेनी नागरिक पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ

घोरलको सिङसहित युक्रेनी नागरिक पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १२ मंसिर २०८१
  • 6.1K
    Shares

पोखरा, १२ मंसीर २०८१।

संरक्षित बन्यजन्तु घोरलको सिङसहित एक जना युक्रेनी नागरिक पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

काठमाण्डौ जाँदै गरेका युक्रेनका नागरिक (PP NO.FM808318) बर्ष २१ का PYLYP ZILKO VSKYI संरक्षित बन्यजन्तु घोरलको सिङसहित पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्।

आइतबार दिउसो जहाज चढ्न पोखरा अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक प्रस्थान गेटमा पुगेका युक्रेनी नागरिकको एक्सरे मेसिनमा निलो झोला चेकजाँच गर्ने क्रममा संरक्षित बन्यजन्तु घोरलको सिङ बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

पक्राउ परेका ती युक्रेनी नागरिकलाई आबश्यक कानूनी कारबाहीका लागि पोखरास्थित अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (ACAP) को कार्यालयमा पठाईएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार