पोखरा, ११ मंसीर २०८१।
नाबालिका वलात्कारको आरोपमा चितवनबाट एक सहकारीका अध्यक्ष पक्राउ परेका छन्।
चितवनमा रहेको बालाजी सहकारीका अध्यक्ष ४८ बर्षिया दिनेश राठी नाबालिका वलात्कारको आरोपमा पक्राउ परेका हुन्। भरतपुर महानगर नगरपालिका– ३ आलुमण्डी नजिक बस्दै आएका राठीलाई शनिबार बिहान नारायणगढको पुलचोकबाट प्रहरीले पक्राउ गरेको प्राप्त छ।
राठी चितवनमा विभिन्न व्यवसायमा सक्रिय छन् र उनलाई छुटाउन नारायणघाटका केही विचौलियाहरु लागि परेको र समाचारस्रोतहरु बताउछन।
पक्राउ परेका राठीविरुद्ध जबरजस्ती करणीको कसुर मुद्दा दर्ता गरि चितवन जिल्ला अदालतबाट पांच दिनको म्याद थप भएको र अनुसन्धान अघि बढाइएको चितवन प्रहरीले जनाएको छ ।