नौ किलो ट्रक दुर्घटना अपडेट : ट्रकभित्र च्यापिएका दुईको मृत्यु , दुई जनाको उपचार हुँदै

नौ किलो ट्रक दुर्घटना अपडेट : ट्रकभित्र च्यापिएका दुईको मृत्यु , दुई जनाको उपचार हुँदै


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १० मंसिर २०८१
  • 2.8K
    Shares

पोखरा, १० मंसीर २०८१।

चितवनको नारायणघाट–मुग्लिन सडकखण्डमा भएको ट्रक दुर्घटनामा च्यापिएर घाइते भएका चार मध्ये दुई जनाको मृत्यु भएको छ।

नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख ३४९० नम्बरको ट्रक आइतबार बेलुका ६ बजेतिर चितवनको नौकिलोमा पल्टिदा चार जना च्यापिएर घाइते भएका थिए। च्यापिएको अवस्थाबाट उद्धार गरी उपचारार्थ अस्पताल पुर्याइएका मकवानपुरको मकवानपुरगढी गाउँपालिका -६ बस्ने ३८ वर्षीय श्याम बजगाईं र सोही ठाउँका ३१ वर्षीय दीपक दाहालको भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।

उनीहरु दुवैजनालाई च्यापिएको अवस्थामा उद्धार गरेर भरतपुर अस्पताल पुर्‍याइएको थियो । दुर्घटनामा घाइते दुई जनाको अहिले उपचार भइरहेको छ भने एक जनाको अवस्था सामान्य रहेको छ । दुर्घटनापछि फरार रहेका ट्रक चालक दिनेश पुडासैनीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार