झन्डै तीन किलो चरेशसहित दुई जना युवा पक्राउ

झन्डै तीन किलो चरेशसहित दुई जना युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ९ मंसिर २०८१
  • 3K
    Shares

पोखरा, ९ मंसीर २०८१।

कैलालीमा झन्डै तीन किलो चरेशसहित दुई जना युवा पक्राउ परेका छन्। कालिकोटको पचालझरना गाउँपालिका-६ बस्ने २८ वर्षीय अर्जुन बुढा र २७ वर्षीय विरेन्द्र बुढा झन्डै तीन किलो चरेशसहित् कैलालीबाट पक्राउ परेका हुन्।

उनीहरुको साथबाट दुई किलो ७५ ग्राम चरेश बरामद भएको प्रहरीले जानकारी दिएको छ।

बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय चिसापानी, कैलाली र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई लम्किचुहा नगरपालिका-३ चिसापानी खैरेनीस्थित पूर्व पश्चिम राजमार्गको दक्षिण तर्फबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार