पोखरा, ७ मंसीर २०८१।
काठमाडौं महानगरपालिकाका एक कर्मचारीले दुई हजार रुपैयाँ घुस मागेको खुलेपछि मेयर बालेन्द्र साह (बालेन)ले जागिरबाट निलम्बन गरेर छानविन थालेका छन् ।
राष्ट्रिय सभागृहस्थित राष्ट्रिय परिचयपत्र इकाइमा कार्यरत अधिकृत आठौं तहका कर्मचारी अब्दुल मजिद खानलाई निलम्बन गरी उनले छानविन थालेका हुन् ।
राष्ट्रिय परिचयपत्रको विवरण दर्ताका लागि उनले गत कात्तिक २९ गते दुई हजार रुपैयाँ घुस मागेको उजुरीका आधारमा छानविन शुरु भएको हो । अधिकृत खानले उपत्यका बाहिरका नागरिकको परिचयपत्र बनाउन नमिल्ने तर दुई हजार दिए काम गरिदिने भन्दै पैसा मागेका थिए । उक्त सूचना पाएलगत्तै मेयर बालेनले अधिकृत खानलाई निलम्बन गरेका प्राप्त समाचारमा जनाइएको छ।
छन् भने ।त्यहाँ कार्यरत राष्ट्रिय परिचयपत्रका एक कर्मचारीलाई पनि हटाएर छानविन गरिएको छ ।यसअघि पनि केही कर्मचारीलाई मेयर बालेनले निलम्बन गरेका थिए ।