फेसबुकमा गलत आरोप लगाउँदा ५ करोड जरिवाना

फेसबुकमा गलत आरोप लगाउँदा ५ करोड जरिवाना

  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २० चैत्र २०७३
  • 14.6K
    Shares

फेसबुकमा जथाभावी पोष्ट गर्नेहरु सावधान ! फेसबुकमा हचुवाका भरमा गलत कुरा लेखेर अरुको चरित्रहत्या गर्ने एक महिलालाई अदालतले ५ करोड रुपैयाँ बराबरको जरिवानाको फैसला गरेको छ । घटना अमेरिकाको हो । अमेरिकाको नर्थ क्यारोलिनास्थित एक अदालतले आफ्नो पूर्व साथीलाई छोरा मारेको आरोप लगाएर फेसबुकमा पोष्ट एकजना महिलामाथि ५ लाख डलर जरिवानाको फैसला गरेको छ ।

इशभिल्लेकी बासिन्दा ज्याकलिन ह्यामोन्डले आफ्नो फेसबुकमा त्यस्तो वाहियात कुरा लेखेकी थिइन् । उनले आफ्नो पूर्व साथी डेभिन डायलला

फेसबुकमा जथाभावी पोष्ट गर्नेहरु सावधान ! फेसबुकमा हचुवाका भरमा गलत कुरा लेखेर अरुको चरित्रहत्या गर्ने एक महिलालाई अदालतले ५ करोड रुपैयाँ बराबरको जरिवानाको फैसला गरेको छ ।

घटना अमेरिकाको हो । अमेरिकाको नर्थ क्यारोलिनास्थित एक अदालतले आफ्नो पूर्व साथीलाई छोरा मारेको आरोप लगाएर फेसबुकमा पोष्ट एकजना महिलामाथि ५ लाख डलर जरिवानाको फैसला गरेको छ ।

इशभिल्लेकी बासिन्दा ज्याकलिन ह्यामोन्डले आफ्नो फेसबुकमा त्यस्तो वाहियात कुरा लेखेकी थिइन् । उनले आफ्नो पूर्व साथी डेभिन डायललाई उधृत गर्दै सन् २०१५ मा फेसबुकमा लेखेकी थिइन्ः मैले रक्सी पिउन पाइन र आफ्नै छोरा मारेँ ।

आफ्नो बारेमा गलत अफवाह फेसबुकमा फैलाइएको थाहा पाएपछि डायलले ह्यामोन्डलाई बेइज्जती गरेको, मनोवैज्ञानिक रुपमा आघात पार्ने दुरासयले मानसिक हमला गरेको जस्ता अभियोग लगाएर मुद्दा हाले ।

यो मुद्दामा गत महिनामात्रै अदालतले अन्तिम फैसला सुनायो । जसमा ह्यामोन्डलाई पाँच लाख डलर नगद सजायँ गरियो । जसमध्ये अढाई लाख डायलले क्षतिपूर्ति बापत पाउनेछन् भने थप अढाई लाख जरिवानाबापत तिर्नुप्र्नेछ । एजेन्सी

ई उधृत गर्दै सन् २०१५ मा फेसबुकमा लेखेकी थिइन्ः मैले रक्सी पिउन पाइन र आफ्नै छोरा मारेँ ।

प्रतिक्रिया