पोखरा, ६ मंसीर २०८१।
बैंक खातामा रकम जम्मा गरिदिएको भन्दै नक्कली डिपोजिट स्लिप देखाएर जग्गा पास गरिलिने एक जना गोरखाली काठमाण्डौमा पक्राउ परेका छन्।
गोरखा शहिदलखन गाउपालिका वडा नं. १ घर भई हाल काठमाण्डौ महानगरपालिक वडा नं.२ बस्ने गोपाल थापा बैंक खातामा रकम गरिदिएको भन्दै नक्कली डिपोजिट स्लिप देखाएर जग्गा पास गरिलिएको आरोपमा पक्राउ परेका हुन्।
अभियुक्त थापाले नबिल बैंकको खातामा ९५ लाख रुपैयाँ जम्मा गरिदिएको छु भन्दै नक्कली डिपोजिट स्लिप देखाएर चन्द्रागिरि नगरपालिका–२ बाडभञ्ज्याङको कित्ता नम्बर २२४ र कित्ता नम्बर ४९९ को जग्गा आफ्नो नाममा पास गरी लिएको प्रहरीले आरोप लगाएको छ।
चेकमार्फत जम्मा भएको भनिएको नबिल बैंकको उक्त खातामा कुनै रकम जम्मा भएको नदेखिए पछि पिडितले प्रहरीमा उजुरी दिएका प्राप्त समाचारमा जनाइएको छ।
काठमाण्डौको बबरमहलबाट पक्राउ परेका उनलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको छ ।