पोखरा, ६ मंसीर २०८१।
पोखरास्थित वडा प्रहरी कार्यालय रामबजारको टोलीले सेती खोंचमा खसेका एक युवाको उद्धार गरेको छ।
पोखरा महानगरपालिका वडा नं.१५ गुरुकुल स्कुल पछाडी रहेको सेती नदीको खोँचमा खसेका युवाको पोखरास्थित वडा प्रहरी कार्यालय रामबजारको टोलीले सोमबार दिउसो उद्धार गरेको हो ।
सोमबार दिउसो करीब सवा तीन बजे सेती खोंचमा मानिस खसेको खबर पाएपछि वडा प्रहरी कार्यालय रामबजार कास्कीका प्रहरी बरिष्ठ नायब निरिक्षक राजु थापाको कमाण्डमा खटि गएको प्रहरी टोली स्थानीय जनताको सहयोगमा खोंचमा खसेका पोखरा १५ अमिनतारा बस्ने वर्ष ३२ को शिव भनिने कृष्ण बहादुर श्रेष्ठलाई करीब ४० मिनेटभित्र उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।
मानसिक सन्तुलन ठिक नभएको बताइएका तीं युवालई आफन्तको जिम्मा लगाइएको वडा प्रहरी कार्यालय रामबजारले जनाएको छ।