डडेल्धुरामा जीप दुर्घटना : दुईजनाको मृत्यु, सात घाइते

डडेल्धुरामा जीप दुर्घटना : दुईजनाको मृत्यु, सात घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ४ मंसिर २०८१
  • 2.7K
    Shares

पोखरा, ४ मंसीर २०८१।

डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कञ्चनपुरको महेन्द्रनगरबाट सलेता आउँदै गरेको लु१ज ४५७९ नम्बरको जीप परशुराम नगरपालिका–९ स्थित दैजी–जोगबुढा सडकखण्डको लिप्नामा आज दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको हो।

दुर्घटनामा सात जना घाइते भएका छन्। तीमध्ये गम्भीर अवस्थामा रहेका चार जनालाई उपचारका लागि धनगढी लगिएको र घटनाको विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ।

उक्त जीप सडकबाट ३० मिटर तल खसेको र मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ।

प्रतिक्रिया
सम्बन्धित समाचार