पोखरा, ४ मंसीर २०८१।
गएराती रुकुमपश्चिममा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर २ निवासी ३२ वर्षीया दिपा कुमालले आफ्नै ४० वर्षीय श्रीमान् मधु कुमालको हत्या गरेकी हुन्।
रायसी विवादपछि गएराती करीब २ः३० बजेको समयमा दिपाले श्रीमान मधु कुमाललाई चिर्पट दाउराले टाउकोमा हानेर हत्या गरेको गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए।
छोरा खिम कुमालले आमाले बाबुको हत्या गरेको भन्दै प्रहरीमा खबर गरे पछि सूचना लगत्तै इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक दीपेन्द्र रावलको नेतृत्वमा प्रहरी घटनास्थलमा पुगेको छ र हत्यामा संलग्न दिपा कुमाललाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। मृतकको शव भने पोस्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ ।