तनहुँका युवा ठगी आरोपमा काठमाण्डौबाट पक्राउ

तनहुँका युवा ठगी आरोपमा काठमाण्डौबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ४ मंसिर २०८१
  • 5.4K
    Shares

पोखरा, ४ मंसीर २०८१।

तनहुँका एक युवा काठमाण्डौमा पक्राउ परेका छन्। नक्कली फेसबुक आइडि बनाएर युवतीहरुबाट २७ लाख रुपैयाँभन्दा बढी ठगी गरेको अभियोगमा प्रहरीले तनहुँ आँबुखैरेनी गाउँपालिका–५ घर भई हाल काठमाडौँ चन्द्रागिरी नगरपालिका–७ बस्ने रुद्रबहादुर गुरुङलाई काठमाडौँबाट पक्राउ गरेको हो ।

अभियुक्त रुद्रले फेसबुकलगायत सामाजिक सञ्जालमा नक्कली एकाउन्ट निर्माण गरी करिब २७ लाख ८३ हजार दुई सय ठगी गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

उनले केटीहरुलाई साथी बनाइ आफू फ्रान्स, सिङ्गापुरको लाहुरे हुँ, सिङ्गापुर लैजान्छु, सिङ्गापुर लैजानको लागि कागजात बनाउनुपर्छ, त्यसबापत पैसा लाग्छ भनी काठमाडौँ र चितवनका विभिन्न स्थानमा आफ्नो हुलिया एवं परिचय परिवर्तन गरी भेट्न बोलाई ठगी गरेको पाइएको आचार्यले बताए।

उनलाई ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकाली पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार