तनहुँमा हत्या गरिएका मजदुरको तीन हप्ता हुँदा पनि आफन्त भेटिएनन्

तनहुँमा हत्या गरिएका मजदुरको तीन हप्ता हुँदा पनि आफन्त भेटिएनन्


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३ मंसिर २०८१
  • 3.8K
    Shares

पोखरा, ३ मंसीर २०८१।

तनहुँमा हत्या गरिएका एक मजदुरको तीन हप्ता हुँदा पनि आफन्त नभेटिएको समाचार छ।

तनहुँको व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङमा गत कात्तिक १७ गते हत्या गरिएका ४८ वर्षीय दिलीप तामाङका आफन्त १७ दिन बित्दा समेत सम्पर्कमा आएका छैनन् ।

नुवाकोट घर बताएर निर्माणाधीन पराशर मार्गमा मजदुरी काम गर्ने तामाङको कात्तिक १७ गते राति ८ बजे चक्कु प्रहारबाट हत्या भएको थियो । हत्यामा संलग्न ३८ वर्षीय विशाल भन्ने प्रेमबहादुर थापा मगरलाई प्रहरीले सोही राति पक्राउ गरिसकेको छ ।

मृतक तामाङको हालसम्म पनि वास्तविक नामथर वतन नखुलेको तथा आफन्त सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले बताए । मृतक तामाङको शव दमौली अस्पतालको शवगृहमा राखिएको छ । मृतकका आफन्त अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।”

मृतकको घर नुवकोट भन्नेसम्म खुलेपनि आफन्तको पहिचान र सम्पर्क हुन नसक्दा समस्या भएको थापाको भनाइ छ । गहुगोरो वर्ण, ठिक्कको शरीर, प्याजी रङको टिसर्ट, सेतो पाइन्ट लगाएका मृतक तामाङलाई चिन्नेहरुले प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको उनले उल्लेख गरे ।

उनले भने, “मृतक तामाङको घर नुवाकोट माथि लेकमा भन्ने मात्रै खुलेको छ । विस्तृत खुल्न नसक्दा शव जिम्मा लगाउन सकिएको छैन ।”

प्रतिक्रिया
सम्बन्धित समाचार