चितवनमा आफैले चलाएको मोटरसाइकल पल्टिँदा घाइते युवाको मृत्यु

चितवनमा आफैले चलाएको मोटरसाइकल पल्टिँदा घाइते युवाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३० कार्तिक २०८१
  • 2.3K
    Shares

मोटरसाइकल दुर्घटना, Bike_accident

पोखरा,३० कार्तिक २०८१।

चितवनमा आफैले चलाएको मोटरसाइकल पल्टिँदा घाइते भएका एक युवाको बिहीवार मृत्यु भएको छ ।

चितवनको अमृतपानीबाट खुरखुरेतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२५ प ९८९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा घाइते भएका युवाको उपचारका क्रममा मृत्यु भएको हो।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका राप्ती नगरपालिका–९ अमृतपानीबस्ने २१ वर्षीय अविक पुनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार , बुधवार बिहान साढे ९ बजेको समयमा उक्त मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालक पुन घाइते भएका थिए । उनको मुख र टाउकोमा गम्भीर चोट लागेको थियो ।

उनलाई उपचारको लागि काठमाडौँ लगिएकोमा उपचार हुन नसकी बिहीवार साँझ साढे ६ बजे भरतपुर अस्पताल ल्याइएको थियो । बिहीवार साँझ ९ः५० बजे चिकित्सकले पुनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । सांकेतिक चित्र

प्रतिक्रिया
सम्बन्धित समाचार