गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनको गएराती निधन

गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनको गएराती निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २९ कार्तिक २०८१
  • 7.4K
    Shares

पोखरा,२९ कार्तिक २०८१।

गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनको गएराती निधन भएको छ। प्रदेश सभा सदस्य गौचनको हृदयघातका कारण गएराती काठमाण्डौस्थित आफ्नै निवासमा निधन भएको हो।

डेगु रोगका कारण काठमाण्डौ घरमै आराम गरिरहेकी प्रदेश सभा सदस्य गौचनको गएराती १२ बजे हृदयघातका कारण आफ्नै निवासमा निधन भएको गण्डकी प्रदेशकी संचार रजिस्ट्रार बिमला भण्डारीले जानकारी दिएकी छिन।

म्याग्दीकी गौचन कांग्रेसका तर्फबाट समानुपातिक सांसद हुन् । केही समयअघि दामोदर कुण्डमा लेक लागेर हेलिकोप्टर मार्फत उनलाई उद्धार गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार