पोखरा,२६ कार्तिक २०८१।
कास्की जिल्लाको माछापुच्छ्रेको एक युवा काठमान्डौमा पक्राउ परेका छन्।
अनलाइनबाट सस्तोमा ल्यापटप दिने भन्दै ठगी गरेको आरोपमा कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं.५ निवासी २९ वर्षीय सुजन पौडेल पक्राउ परेका हुन्।
अभियुक्त पौडेलबिरुद्ध प्रहरीले अनलाइनबाट सस्तोमा ल्यापटप दिने भन्दै विभिन्न व्यक्तिहरुलाई ४० थान बराबरको २७ लाख ६० हजार रुपियाँ बराबर ठगी गरेको आरोप लगाएको छ।
अभियुक्त पौडेललाई गएको शनिबार काठमाण्डौको ठमेलस्थित नर्सिङचोकबाट पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ।
पौडेलबिरुद्ध ठगी सम्वन्धी कसूरमा आवश्यक कारबाहीको लागि आज जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौमा पठाइएको प्रहरीले जनाएको छ ।