पोखरा,२४ कार्तिक २०८१।
सुर्खेतमा शुक्रबार दिउसो फोर्स गाडी दुर्घटना हुँदा मृत्यु भएका चार जना र घाइते २५ जना सबैको पहिचान खुलेको छ।
शुक्रबार दिउँसो साढे २ बजेको समयमा सुर्खेत–दैलेख सिमानास्थित वीरेन्द्रनगर–१४, को रातानाङ्ग्ला नजिक भएको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी दुर्घटनामा परी चार जनाको मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रहेका एसपी रुपेश खडकाका अनुसार दुर्घटनामा दैलेखको भैरवी गाउँपालिका–५ का गाडीचालक ३८ वर्षीय सुरेश केसी, वडा नं. २ का ३६ वर्षीय कर्णबहादुर विष्ट, वडा नं. १ की १६ वर्षीया दीपिका महतारा र २१ वर्षीया संगीता विष्टको मृत्यु भएको हो।
दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको उक्त फोर्स गाडी अनियन्त्रित भई दुर्घटनामा परेको गुराँस गाउँपालिकाका वडा नं. ८ का वडाध्यक्ष दीपेन्द्र वलीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी २५ जना घाइते भएका छन् ।
घाइते २५ जनाको उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । २९ जना सवार उक्त गाडी सडकभन्दा झण्डै दुई सय मिटर तल खसेको छ ।
दुर्घटनामा परेर चारजनाको ज्यान गएको प्रहरीले जनाएको छ।
घाइतेहरू
१) जि.दैलेख नारायण न.पा.४ बस्ने वर्ष २८ को चन्द्र मल्ल हात खुट्टामा चोट अवस्था मध्यम।
२) जि.दैलेख भैरबी गा.पा.३ बस्ने वर्ष २८ की जगत कुमारी बिष्ट हात खुट्टामा चोट अवस्था मध्यम।
३) निजको छोरा वर्ष अ.२ को स्माईल आचार्य हात खुट्टामा चोट अवस्था सामान्य।
४) निजको छोरी वर्ष ६ की स्मारिका आचार्य हात खुट्टामा चोट अवस्था सामान्य।
५) ऐ.ऐ.बस्ने वर्ष १२ को राजन थापा हात खुट्टामा चोट अवस्था मध्यम।
६) ऐ.ऐ.बस्ने वर्र्ष २१ को प्रकाश बिष्ट हात खुट्टामा चोट अवस्था मध्यम।
७) जि.दैलेख दुल्लु न.पा.१२ बस्ने वर्ष २६ की चन्द्रा रावत हात खुट्टामा चोट अवस्था मध्यम।
८) ऐ.बस्ने निजको छोरा वर्ष ७ को सन्दिप रावत हात खुट्टामा चोट अवस्था मध्यम।
९) जि.दैलेख भैरबी गा.पा.१ बस्ने वर्ष २२ की सम्झना भण्डारी टाउको र ढाडमा चोट अवस्था मध्यम।
१०) निजको छोरा १८ महिनाको युनिक बिष्ट हातमा चोट अवस्था सामान्य।
११) ऐ.ऐ.बस्ने वर्ष १० की चन्द्रा रावत हात खुट्टामा चोट अवस्था मध्यम।
१२) जि.दैलेख दुल्लु न.पा.६ बस्ने वर्ष १९ की सुजता रावत हात खुट्टामा चोट अवस्था मध्यम।
१३) ऐ.ऐ.बस्ने वर्ष ९ की बिहानी के.सि.टाउकोमा चोट अवस्था सिरियस।
१४) नाम थर वतन नखुलेको १५ महिनाको बालिका हातमा चोट अवस्था सामान्य।
१५) जि.सुर्खेत वीरेन्द्रनगर न.पा.८ बस्ने बर्ष ३४ की कृष्णा थापा हात खुट्टा र टाउकोमा चोट अवस्था मध्यम।
१६) निजको छोरा वर्ष ४ को राजन थापा हात खुट्टामा चोट अवस्था सामान्य।
१७) निजको छोरी वर्ष ११ की अबिक्षा थापा हात खुट्टामा चोट अवस्था सामान्य।
१८) जि.दैलेख भैरबी गा.पा.१ बस्ने वर्ष १८ की तुल्सी थापा हातमा टाउकोमा चोट अवस्था सिरियस।
१९) जि.दैलेख भैरबी गा.पा.२ बस्ने वर्र्ष २३ की लाल कुमारी बिष्ट हात खुट्टामा चोट अवस्था मध्यम।
२०) ऐ.ऐ.बस्ने वर्ष २२ की पुष्पा खड्का हात खुट्टामा चोट अवस्था मध्यम।
२१) जि.दैलेख नारायण न.पा.४ बस्ने वर्ष २५ को बालाराम रेग्मी टाउकोमा चोट अवस्था मध्यम।
२२) जि.दैलेख महाबु गा.पा.३ बस्ने वर्ष २५ को सोबण शाही हात खुट्टामा चोट अवस्था मद्यम।
२३) जि.दैलेख भैरबी गा.पा.२ बस्ने वर्ष १७ को घनश्याम बिष्ट टाउकोमा चोट अवस्था मध्यम।
२४) ऐ.महाबु गा.पा.३ बस्ने वर्ष २० को प्रकाश बुढा हात खुट्टामा चोट अवस्था सामान्य।
२५) ऐ.भैरबी गा.पा.१ बस्ने वर्ष ३१ की रमा बिष्ट हातमा चोट अवस्था सामान्य।
२६) ऐ.ऐ.३ बस्ने वर्ष २० की कमला बिष्ट टाउकोमा चोट अवस्था मध्यम।
२७) ऐ.महाबु गा.पा.३ बस्ने वर्ष १६ को हरी रावल हातमा चोट अवस्था सामान्य।
२८) ऐ.भैरबी गा.पा.१ बस्ने वर्ष २७ की सुजता खत्री छाती र हात खुट्टामा चोट अवस्था मध्यम।
२९) जि.सुर्खेत बिरेन्द्रनगर न.पा.३ बस्ने वर्ष २१ को सौगात मल्ल टाउकोमा चोट अवस्था मध्यम।
३०) जि.दैलेख भैरबी गा.पा.५ बस्ने वर्ष ३० को कमल नेपाली टाउकोमा चोट अवस्था सिरियस।