खेतमा धान लिन गएको जीप बागलुङमा दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

खेतमा धान लिन गएको जीप बागलुङमा दुर्घटना : चालकको घटनास्थलमै मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २४ कार्तिक २०८१
  • 65.3K
    Shares

पोखरा,२४ कार्तिक २०८१।

धान लिएर आएको जिप बागलुङमा दुर्घटना हुँदा चालकको घट्नास्थलमा नै मृत्यु भएको छ । ढोरपाटन नगरपालिका-३ को टारीबान्द्रे भीरबाट लु१च ६९३८ नं. को पिकअप जीप खस्दा चालकको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परेर ढोरपाटन नगरपालिका वडा नं ३ पुर्कोट घर भएका जीप चालक किसान विकको मृत्यु भएको वडाध्यक्ष खीमबहादुर सुनारले जानकारी दिए ।

टारीस्थित खेतमा धान लिन गएको उक्त पिकअप जीप ब्याक गर्ने क्रममा सय मिटर तल तमानखोलामा खसेको थियो ।

शुक्रबार बेलुकी ८ बजे जिप दुर्घटना भएको खबर ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले प्रहरीमा गरेका थिए । इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक आनन्द बस्नेत नेतृत्व टोलीले घटनास्थलको उद्धार गरेको थियो । घटनाबारे थप खोजी भैरहेको बस्नेतले जानकारी दिए । जिपमा चालक मात्र भएको अनुमान गरिएको छ । सांकेतिक चित्र

प्रतिक्रिया
सम्बन्धित समाचार