कुमारीघरमा विवाद चुलियो, आर्थिक अनियमितता गरेको आरोप

कुमारीघरमा विवाद चुलियो, आर्थिक अनियमितता गरेको आरोप


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १६ जेष्ठ २०७३
  • 10.5K
    Shares

जीवित देवी कुमारीको हेरचाह गर्ने चिताइदारले आर्थिक अनियमितता गरेको आरोप लगाउँदै तलेजुका १० जना पुजारीले गुठी संस्थानमा निवेदन दिएका छन् । मूल पुजारी उद्धव कर्माचार्यलगायतका पुजारीसँग सल्लाह नै नगरी मनपरी रुपमा कुमारीको पुजाआजा गर्ने गरेको आरेप निवेदनमा उल्लेख गरिएको छ ।उनीहरुले हेरचाहको नाममा धर्मविपरीत कामबाट चिताइदार ज्ञानदेवी शाक्यको परिवारले महानगरक्षेत्रभित्र करोडौं मूल्यका तीनवटा भर बनाएका, ४ वटा मोटरसाइकल, नगद , सुन, चाँदी र गहना जोडी विदेशबाट समेत रकम लिएर आर्थिक अनियमितता गरेको निवेदनमा उल्लेख गरेका आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

पुजारी परिवारले करिव दुई साताअघि गुठी संस्तानमा निवेदन दिएर कुमारीको समपूर्ण सम्पत्ति छानविन गर्न समेत माग गरेका छन् । चिताइदारले मनपरी रुपमा काम गरे नित्यलगायतका सम्पूर्ण पूजा रोक्न सक्ने मूल पुजारीले चेतावनी दिएका छन् ।

प्रतिक्रिया