पोखरा,२४ कार्तिक २०८१।
नारायणगढ मुग्लिन सडकको सत्रकिलोमा शुक्रबार बिहान भएको दुर्घटनामा मृत्यु भएका पाँच जनाकै सनाकह्त भएको ।
मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको बागमती प्रदेश०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश०३–००१ ख २८१२ नम्बरको बस बिहान ३ बजे एक आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा गोरखाको आरुघाट गाउँपालिका १ मान्बुका ४२ वर्षिय राज बहादुर गुरुङ, माईक्रोबस चालक चितवनको खैरहनी नगरपालिका वडा नम्बर ४ का ४० वर्षिय अनोज अधिकारी, विनय त्रिवेणी गाउँपालिका ४ स्थित बगैँचाका ३५ वर्षिय सन्तोष भुषाल, उनकी ३३ वर्षिय श्रीमती सविना भुषाल र भारत घर भई पोखरामा किसाना पसल गर्दै आएका ३६ वर्षिय राजकुमार साह रहेका छन् । मृतक मध्ये सबै माईक्रोबसमा सवार यात्रु रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए ।
भुषाल दम्पत्ति कास्की जिल्लाको माछापुच्छ्रे गाउपालिकामा पर्ने मर्दी हिमालमा ट्रेकिङ गएर घरतर्फ फर्कदै थिए। उनीहरु तिहार लगत्तै मार्दी हिमालमा ट्रेकिङ गएर घर फर्कदै थिए । उनिहरु दुवैजना शिक्षक हुन् । सोही वडामा रहेको मणिसिद्ध आधारभूत विद्यालय, धर्साहमा कार्यरत थिए। सन्तोष राहत कोटाको शिक्षकको रुपमा कार्यरत थिए भने सबिना करार शिक्षक थिइन्।उनीहरुका एक छोरा र एक छोरी छन ।
सो दुर्घटनामा एकजना घाइते गम्भीर अवस्थामा उपचाररत छन् । सत्रकिलोमा बिहान तीन बजे तिर माइक्रो बस र बस एक आपसमा ठोक्किएका थिए । गम्भीर घाइते एकजनाको चितवन मेडिकल कलेजरमा उपचार भइरहेको छ । अन्य चार जना घाईते भने उपचारपछि डिसचार्ज भएको प्रहरीले जानकारी दिएको छ ।