अबैध लागू औषधसहित पोखराबाट चार युवा पक्राउ

अबैध लागू औषधसहित पोखराबाट चार युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २४ कार्तिक २०८१
  • 3.5K
    Shares

पोखरा,२४ कार्तिक २०८१।

अबैध लागू औषधसहित पोखराबाट चार युवा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलिले पोखरा महानगरपालिका वडा नं.२ बाग्लुङ बसपार्कबाट अबैध लागू औषधसहित चार जना युवा पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं.२ बाग्लुङ बसपार्क बस्ने वर्ष २० को कृष्ण श्रेष्ठ,म्याग्दी स्थायी घर भई हाल पोखरा ३ नदिपुर बस्ने वर्ष २५ को प्रदिप पुन, पोखरा ४ फिर्केपुल बस्ने वर्ष १९ को रोहित नेपाली र सोही वडाको गणेश टोल बस्ने वर्ष १९ को सुमित परियार रहेको प्रहरीले जानकारी दिएको छ।

उनीहरुको साथबाट अबैध लागू औषध Tramadol Hydrochloride Capsules I.P. Tramol-50 लेखिएको लागू औषध एकसय ६० चक्की र मोवाईल चार थान समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

उनीहरुबिरुद्ध लागू औषधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार