प्रहरीका हाकिम जेल चलान : किशोरी अझै बेपत्ता

प्रहरीका हाकिम जेल चलान : किशोरी अझै बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २३ कार्तिक २०८१
  • 2.6K
    Shares

पोखरा,२३ कार्तिक २०८१।

बैतडीस्थित महाकाली प्रहरी चौकीका तात्कालिन इन्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशी पुर्पक्षमा रहने गरी जेल चलान भएका छन् भने उनले बेपत्ता बनाएको भनिएकी किशोरी चार हप्ता हुँदा पनि अझै भेटिएकी छैनन्।

गत असोज २५ गते बिहानदेखि बैतडीको पञ्चेश्वर गाउँपालिका–२, डिम्मरकी १७ वर्षीया किशोरी बेपत्ता भएको एक महिना पुग्न लाग्दा पनि अझै उनको अवस्था अज्ञात छ। तर उनलाई बेपत्ता बनाएको आरोप लागेका प्रहरी हवल्दार कृष्णराज जोशी बैतडी जिल्ला अदालतको आदेश बमोजिम गएको कार्तिक १३ गतेदेखि बैतडी जिल्ला कारागारमा बन्दी जीवन बिताई रहेका छन्।

किशोरीको खोजीका लागि खटिएको प्रहरी निरीक्षक बलराम पाण्डेय नेतृत्वको टोली कार्यालयमा फर्किएको छ। जिल्ला प्रहरी कार्यालयसँग निरन्तर समन्वयमा रहेर स्थानीय प्रहरीले किशोरीको खोजी निरन्तर उनले बताए। प्रहरीले आफन्तका घर, महाकाली किनार, भारत र नेपाल दुवैतर्फ खोजी गर्दा पनि अहिलेसम्म किशोरी फेला नपरेकी हुन्।

गत असोज २५ गते बिहान पानी लिन भनी नजिकैको धारातर्फ गएकी उनी घर फर्किनन्। महाकाली प्रहरी चौकीनजिकै किशोरीले पानी ल्याउन लगेका ‘ग्यालेन’ र डोरी भेटिएका थिए।

किशोरीको परिवारले महाकाली प्रहरी चौकीका प्रहरी हवल्दार कृष्णराज जोशीले छोरीलाई बेपत्ता पारेको भन्दै समातेर प्रहरीमा बुझाएक्जा थिए । पानी पँधेरो एकै ठाउँमा भएकाले चिनजानपछि ती किशोरी र प्रहरी हवल्दारबीच हिमचिम बढेको थियो। हवल्दार जोशीको मोबाइलमा उनीहरूबीचको सम्बन्ध झल्किने तस्बिर भेटिएका थिए। २५ गते बिहान भेट भए पनि आफूले किशोरीलाई बेपत्ता नपारेको जोशीले जिकिर गर्दै आएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार