पोखरामा मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय युवाको मृत्यु

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय युवाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २३ कार्तिक २०८१
  • 3.2K
    Shares

पोखरा,२३ कार्तिक २०८१।

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ।

पोखरा महानगरपालिका-१४ छिनेडाडास्थित भेडिफारमबाट छिनेडाडातर्फ जाँदै गरेको बा.६९ प ४६६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक पोखरा महानगरपालिका-१४ मझेरीपाटन बस्ने २७ वर्षीय अजय बिकको मृत्यु भएको हो।

बुधबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । सांकेतिक चित्र

प्रतिक्रिया
सम्बन्धित समाचार