अर्घाखाँची बस दुर्घटना : मर्नेको संख्या दुइ पुग्यो, ३३ जना घाइते (तस्बिरसहित)

अर्घाखाँची बस दुर्घटना : मर्नेको संख्या दुइ पुग्यो, ३३ जना घाइते (तस्बिरसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १९ कार्तिक २०८१
  • 4.8K
    Shares

पोखरा,१९ कार्तिक २०८१।

अर्घाखाँचीमा ‘ब्रेक फेल’ भएर बसले किच्दा मृत्यु हुनेको संख्या दुई पुगेको छ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा ‘ब्रेक फेल’ भएको ना ३ ख २४७१ नं को बसले किच्दा मृत्यु हुनेको संख्या दुई पुगेको हो।

भूमिकास्थान नगरपालिका वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा आज साँझ ५ बजेतिर देउसीभैलो नाचिरहेको स्थानमा उक्त ब्रेक फेल भएको बसले किच्दा ढाकाबाङ २ कि ७२ बर्षिया रुनी खनालको घटनास्थलमै र २२ बर्षिया तारा श्रेष्ठको उपचारको क्रममा अर्घाखाँची जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

साँघुरो बाटोमा देउसी – भैलोको नाचगान चलिरहेका बेला ब्रेकफेल भएको उक्त बसले रमाइलो हेरिरहेका स्थानीय बासिन्दालाई किचेको प्रहरीले जानकारी दिएको छ।

उक्त दुर्घटनामा घाइते भएका ३३ जना घाईते मध्ये नौ जनालाई थप उपचारका लागि बुटवल पठाईएको प्रहरीले बताएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार