पोखरा,१९ कार्तिक २०८१।
अर्घाखाँचीमा भारतीय कार दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
मालारानीबाट सन्धिखर्क आउँदै गरेको भारतीय नम्बर प्लेटको एचआर ५५ एयु ८७९३ नम्बरको कार सन्धिखर्क नगरपालिका-११ डिभर्नामा आइतबार साँझ दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
उक्त दुर्घटनामा अर्घाखाँचीकै मालारानी गाउँपालिका- ७ टिमुरे का २६ वर्षीय नवीन नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
दुर्घटनामा कार पूर्ण रूपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
कार सडकबाट झण्डै आठसय मिटर तल खसेको छ। कारमा अरु कोही सवार थिए कि थिएनन्, खुल्न सकेको छैन। घटनाका सम्बन्धमा थप हनुसन्धान जारी रहेको मल्लले बताए।