झापामा आफैले पालेको गोरुले हान्दा एक जनाको मृत्यु, अर्का घाइते

झापामा आफैले पालेको गोरुले हान्दा एक जनाको मृत्यु, अर्का घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १६ कार्तिक २०८१
  • 6K
    Shares

पोखरा,१६ कार्तिक २०८१।

झापामा आफैले पालेको गोरुले हान्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

आफैले पालेको गोरुले हान्दा झापाको गौरादह नगरपालिका-७ जामबारीका ४८ वर्षीय कृष्ण शर्माको मृत्यु भएको हो।

बुधबार साँझ बारीमा बाँधेको आफ्नै गोरु सार्ने क्रममा उक्त गोरुले हानेर गम्भीर घाइते भएका शर्मालाई तत्काल उपचारका लागि लाइफ लाइन अस्पताल दमक लगिएको थियो । ढाडको ७ वटा करङ भाँचिएका शर्मालाई त्यहानाबाट थप उपचारका लागि नोबेल अस्पताल बिराटनगर रेफर गरिएकोमा त्यहि उपचार हुँदाहुँदै उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

सोही गोरुलाई समाउने क्रममा छिमेकी अन्दाजी ४५ वर्षीय रविन राजवंशी गम्भीर घाइते भएका छन् । टाउकोमा चोट लगेका राजवंशीको नोबेल अस्पताल विराटनगर उपचार भइरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । फाइल चित्र

प्रतिक्रिया
सम्बन्धित समाचार